No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आहारारा गोल्डकपमा मच्छिन्द्रलाई हराउदै जावलाखेल विजयी

0

पोखरा । पोखरामा जारी आहा रारा गोल्डकपमा मच्छिन्द्र क्लबलाई हराउदै जावलाखेल युथ क्लब क्वाटरफाइलनमा प्रवेश गरेको छ । २३ औं संस्करणको आहारारा पोखरा गोल्डकपको तेस्रो प्रिक्वार्टरफाइनलमा जावलाखेलले मच्छिन्द्रलाई १–० गोल अन्तरले हराउदै अन्तिम आठमा प्रबेश गरेको हो ।

बिहीबार पोखरा रंगशालामा भएको खेलमा ३७ औं मिनेटमा जावलाखेलका लागि हिसुब थपलियाले निणार्यक गोल गरे । विपक्षी टिमका गोलरक्षक विशाल श्रेष्ठ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै हिसुबले गोल गरेका थिए ।

जावलाखेलले माघ १५ गते मनाङ मस्र्याङ्दीसँग् खेल्ने छ । मच्छिन्द्र र जावलाखेल बीच आहा रारा पोखरा गोल्डकपमा यो पहिलो आमने सामने भएका हुन् । यसअघि मच्छिन्द्रले ५ पटक सहभागिता जनाएको थियो भने जावलाखेल युथ क्लबले ३ पटक सहभागिता जनाएको थियो । शुक्रबार दुई विभागी टिम नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच हुनेछ ।

प्रकाशित: ११ माघ २०८०, बिहीबार १३:००

Leave a Reply