No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

थ्री स्टार आहारारा गोल्डकप फुटबलको सेमिफाइनलमा

0

गण्डकी । थ्री स्टार क्लब आहारारा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वार्टर फाइनल खेलमा थ्रीस्टारले पाहुना टोली भुटानको पारो एफसीलाई २–० को गोलअन्तरले पराजित गरेको हो ।

निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो । अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने थ्री स्टारले लगातार २ गोल गर्यो ।

थ्री स्टारका लागि आशिष चापागाईं एक्लैले २ गोल गरे । उनले खेलको ११४ औं मिनेटमा गोलको खडेरी टार्दा थ्री स्टारले अग्रता लियो । ११९ औं मिनेटमा आशिषले अग्रता दोब्बर पारे । अब माघ १५ गते हुने खेलमा जावलाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबको विजेतासँग थ्री स्टारले फाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रकाशित: १३ माघ २०८०, शनिबार १३:०६

Leave a Reply