No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

५२ लाख सोमालीलाई डेढ अर्ब अमेरिकी डलर सहयोग आवश्यक पर्ने

0

संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले सोमालियामा सन् २०२४ मा ५२ लाख मानिसको आवश्यकता पूरा गर्न १ दशमलव ६ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

यो रकम गत वर्ष सन् २०२३ को तुलनामा झण्डै ४० प्रतिशतले घटेको देखिएको छ । मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए) ले सोमालियामा मानवीय सहायताको खाँचोमा परेका मानिसहरूको सङ्ख्या सन् २०२३ मा ८२ लाख रहेकोमा सन् २०२४ मा ६९ लाखमा झरेको बताएको छ ।

बढ्दो सुख्खापन, बाढी, द्वन्द्व र असुरक्षाका साथै व्यापक गरिबी एवं रोगको प्रकोप जस्ता जलवायु परिवर्तनका घटनाहरूका कारण सन् २०२४ मा सोमालियामा मानवीय आवश्यकताहरू उच्च रहने पनि एजेन्सीले जनाएको छ ।

यसैबीच एजेन्सीले देशका १० जिल्लाहरूमा विभिन्न प्राकृतिक प्रकोपबाट सृजित समस्यालाई समाधान गर्न एकीकृत प्रतिक्रियालाई प्राथमिकता दिइने बताएको छ

प्रकाशित: १६ माघ २०८०, मंगलवार ०२:३२

Leave a Reply