No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ललिता निवास प्रकरणमा विशेष अदालतको फैसला ऐतिहासिकः गृहमन्त्री श्रेष्ठ

0

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत गृहमन्त्री श्रेष्ठले विशेष अदालतले ऐतिहासिक फैसला गरेको भन्दै सबै नेपाली जनतालाई बधाई दिएका छन् ।

उनले भनेका छन्, ‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो । सबै नेपाली जनतालाई बधाई छ । जालसाजी, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्यो । विशेष अदालत र न्यायाधीशहरु प्रति हार्दिक आभार र धन्यवाद ।’

विशेष अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन मालपोत अधिकृतहरू कलाजर देउजा, सुरेन्द्रमान कपालीसहित १२ जनालाई दोषी ठहर गरेको छ भने ६४ जनाको नाममा रहेको जग्गा फिर्ता गर्न आदेश दिएको छ ।

प्रकाशित: ४ फाल्गुन २०८०, शुक्रबार ०३:३०

Leave a Reply