No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डाँगीहाट प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि सिंहदेवी सिदुवालाई

0

 

पथरी (मोरङ)  । दोस्रो आर्जु राइस मिल डाँगीहाट प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि सिंहदेवी सिदुवा फुटबल क्लब धनकुटाले चुमेको छ ।

शनिबार भएको फाइनलमा धरान एफ सी सुनसरीलाई ट्राइबेकरमा हराउँदै सिंहदेवी सिदुवाले उपाधि चुमेको हो । खेलमा सिंहदेवी सिदुवा पाँचौँ मिनेटमा अग्रता लिए पनि उपाधिका लागि ट्राइबेकरसम्म कुर्नुपरेको थियो ।

खेलको पाँचौँ मिनेटमा सिदुवाका लागि विनोद राईको पासमा वीरेन्द्र लिम्बूले गोलको खाता खोलेका थिए । खेलको १३औँ मिनेटमा धरानका मिलन राईले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइबेकरमा सिदुवाले ३–१ गेल अन्तर धरानलाई पराजित गरेको छ । ट्राइबेकरमा सिदुवाका लागि अभिशेक लिम्बू, अशिम राई र विशाल भण्डारीले गोल गरे भने धरानका लागि मिलन राईले मात्र गोल गरे । धरानका बिकु राई, रोमन लिम्बूको प्रहार सिदुवाका गोल रक्षक सुजित चौधरीले बचाएका थिए । सचिन श्रेष्ठको बल भने पोलमा लागि बाहिरिएको थियो ।

उपाधिसँगै सिदुवाले नगद एक लाख ५० हजार साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता धरान एफ सीले  ७५ हजार पाँच सयमा चित्त बुझायो ।

खेलको प्लेयर अफ दि म्याच सिदुवाका गोल रक्षक सुजित चौधरी, उत्कृृष्ट मिडफिल्डर अशिम राई, उत्कृृष्ट डिफेन्स विशाल भण्डारी, उत्कृृष्ट कोच विश्वास श्रेष्ठ घोषित हुँदा धरानका मिलन राई उत्कृृष्ट फरवार्ड र हाईस्कोरर, सचिन श्रेष्ठ उत्कृृष्टकिपर घोषित भए । प्रतियोगितामा उदयमान खेलाडी अजित चौधरी घोषित हँुदै जनही पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेता टोलीलाई प्रदेश संसद् ज्ञानेन्द्र सुवेदी, गीता तिम्सिना, बेलबारी नगर उपप्रमुख नितु थापा कोइरालाले पुरस्कृत गरे ।

बेलबारी ९ स्थित डाँगिहाट जागृति युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिता डाँगिहाटस्थित कालि माविको खेलमैदानमा सम्पन्न भएको हो । माघ २६ देखि फागुन ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा पूर्वका चर्चित ८ क्लबको सहभागिता थियो ।

प्रकाशित: ५ फाल्गुन २०८०, शनिबार १६:५५

Leave a Reply