No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल ‘ए’ क्यानडासँग पराजित

0

काठमाडौं । नेपाल ए क्यानडासँग तीन एकदिवसीय सिरिजको पहिलो खेलमा चार विकेटले पराजित भएको छ । क्यानडा ११ ले नेपाल ए ले दिएको २१७ रनको लक्ष्य तीन बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टाएको हो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा २१६ रन बनाएको थियो। सुरुवाती खराब सुरुवात गरे पनि क्यानडाले पछि लय समात्दै ठूलो साझेदारी गरेर खेल आफ्नो पक्षमा पार्यो ।

सुरुवाती १४ ओभरमै ५६ रन बनाउँदा क्यानडाले चार विकेट गुमाइसकेको थियो। तर क्यानडाका लागि नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाएपछि नेपालको हातबाट खेल गुमेको हो । यसअघि नेपालको ब्याटिङमा बसिर अहमदले ५० रनको योगदान दिएका थिए। उनले ५५ रनको सामना गर्दै अर्धसतक पूरा गरेका थिए। त्यस्तै रासिद खानले ४०, मयान यादवले ३५ रन बनाए ।

यसैगरी किरण ठगुन्नाले २५ रन बनाउँदा विवेक यादवले २१ र सन्दीप जोराले १४ रनको योगदान दिए। क्याप्टेन विनोद भण्डारी भने ११ बल खेलेर ५ रन बनाउँदै आउट भए । यो सिरिजको दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ।

प्रकाशित: ६ फाल्गुन २०८०, आईतवार ११:०८

Leave a Reply