No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हाफ म्याराथनमा जुम्लाका दलबहादुर कुँवर प्रथम

0

 

कर्णाली ।  ‘एकताका लागि दौड’ (रन फर युनिटी–२०८०) प्रतियोगिताको हाफ म्याराथन (२१ किलोमिटर)मा तातोपानी गाउँपालिका–७ जुम्लाका दलबहादुर कुँवर प्रथम भएका छन् ।

नेपाली सेना उत्तरपश्चिम पृतनाद्वारा शनिबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित दौड प्रतियोगितामा कुँवरले एक घण्टा आठ मिनेटमा २१ किलोमिटर दूरी पार गरी प्रथम भएका हुन् ।

एक घण्टा २३ मिनेटमा उक्त दूरी पार गरी रास्कोट नगरपालिका–३ कालीकोटका सन्तोष योगी द्वितीय भएका छन् । एक घण्टा ३२ मिनेटमा २१ किलोमिटर दूरी पार गरी नेपाली सेनाका आशीष गुरुङले तृतीय स्थान हात पारेका छन् ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले दौड प्रतियोगिताका प्रथम कुँवरलाई  ३५ हजार, योगीलाई  २५ हजार र गुरुङलाई  १५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । त्यसैगरी, पुरुषतर्फ धिरबहादुर बुढा प्रथम, सञ्जीव नेपाली द्वितीय र अक्कल बडुवाल तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने बुढा, नेपाली र बडुवाललाई २०, १० र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

दश किलोमिटर दौडमा महिलातर्फ सुर्खेतका आशा रावत प्रथम, जुम्लाका द्वितीय र तृतीय स्थान जुम्लाका समिता बुढा राज्यलक्ष्मी रावलले प्राप्त गरेका छन् । प्रथम, द्वितीय र तृतीय हुने रावत, बुढा र रावललाई क्रमशः  २०, १० र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

पाँच किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ अजय विक प्रथम, दीपेन्द्र बोहोरा द्वितीय र सुजन विक तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने क्रमशः अजय, दीपेन्द्र र सुजनलाई  दश, पाँच र तीन हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

पाँच किलोमिटर छात्रातर्फ जुम्लाका कल्पना बुढा प्रथम, द्वितीय र तृतीय स्थान सुर्खेतका बिमला कार्की र उर्मिला खनालले प्राप्त गरेका छन् ।  दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बुढा, कार्की र खनाललाई दश, पाँच र तीन हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित: १२ फाल्गुन २०८०, शनिबार ०८:१२

Leave a Reply