No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल वाफको सेमिफाइनलमा

0

काठमाडौं । साउदी अरेबियामा जारी वाफ महिला च्याम्प्यिनसिप फुटबलमा नेपाली महिला टोली समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको छ ।

एक खेल अगावै सेमिफाइनलमा पुगेको नेपालले गएराति भएको खेलमा प्यालेस्टाइनलाई ४–० गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको हो । पराजित भएको प्यालेस्टाइन उप विजेताको रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । नेपाललाई जित दिलाउन सावित्रा भण्डारी ‘साम्बा’ले दुई गोल गर्दा रेखा पौडेल र गीता रानाले एक एक गोल गरे ।

४२ औं मिनेटमा सावित्राले रेखा पौडेलको पासमा गोल गर्दै अग्रता दिलाइन् । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

६० औं मिनेटमा सावित्राले प्रहार गरेको बल पोस्टमा लागेर फर्किँदा अनमार्क रहेकी रेखाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । ७९ औं मिनेटमा रश्मी घिसिङको पासमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल ३–० ले अघि बढेको थियो । दोस्रो हाफको अतिरिक्त समयमा नेपालले पेनाल्टी पाएको थियो ।

सावित्रालाई प्यालेस्टाइन खेलाडीले लडाएपछि पाएको पेनाल्टीलाई गीता रानाले गोलमा परिणत गरेपछि अन्ततः नेपाल ४–० को सहज जित निकाल्दै समूह विजेता बनेको हो । नेपालले सेमिफाइनलमा लेबनानसँग खेल्दा प्यालेस्टाइनले जोर्डनसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित: १३ फाल्गुन २०८०, आईतवार ०२:४३

Leave a Reply