No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सहकारी विवादमा गृहमन्त्रीमाथि अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरीबाट ब्रिफिङ भएको छः प्रधानमन्त्री

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी विवादमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दोषी नभएको जिकिर गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारीमा नरहेकाले दोषी नरहेको जिकिर गरेका हुन् ।

उनले भने, ‘सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ । यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।’

प्रधानमन्त्रीले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्योट भएको देखिन आएकाले उहाँको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ब्रिफिङ्ग भएको सदनलाई जानकारी गराए ।

उनले दोषी देखिए लामिछानेलाई कारवाही गर्न कसैले नरोक्ने बताए । सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए ।   प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको नैतिकतामाथि प्रश्न उठाउँदै आएको छ।

प्रकाशित: ६ चैत्र २०८०, मंगलवार ०७:३७

Leave a Reply