No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसको माग

0

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । मंगलबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीको बचाउ गरेको भन्दै कांग्रेसले यो विषय छानबिनका लागि संसदी समिति गठनको माग गरेको हो ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीको राजीनामा माग गर्र्दै संसदीय समिति गठनको माग गरेका हुन् । उनले पर्याप्त प्रमाण हुँदाहुँदै प्रधानमन्त्रीले यस विषयमा झुठ बोलेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको जवाफबाट कांग्रेसको चित्त बुझ्ने ठाउँ पटक्कै भएन, बरु थप चिन्ता भयो । सम्माननीय प्रधानमन्त्रीजीलाई नै गलत सूचना दिँइदैछ, सम्माननीय प्रधानमन्त्री नै अध्यारोमा हुनुहुन्छ भने यो विषयको निष्पक्ष छानबिन होला ?’

प्रधानमन्त्रीले जवाफ दिने क्रममा अनुसन्धान गर्ने निकायले अनुसन्धान आवश्यक नभएको ब्रिफिङ गरेको बताएका थिए । त्यस्तै प्रधानमन्त्रीले गृहमन्त्री लामिछाने कुनै सहकारीको संस्थापक, व्यवस्थापक, सञ्चालक केही नरहेको र उनीमाथि उजुरी मात्र परेको भन्दै कांग्रेसले अनावश्यक राजनीति गरेको आरोप लगाएका थिए ।

प्रमुख सचेतक लेखकले भने, ‘पीडितले भनेका कुरा प्रमाण होइन ? पीडितले दिएको उजुरी प्रमाण होइन ? पोखरा महानगरपालिकाले बनाएको प्रतिवेदन प्रमाण होइन, भने के प्रमाण हुँदा अनुसन्धान हुन्छ ? यतिका प्रमाणले अनुसन्धान नहुने हो भने केले प्रमाण हुने हो ?’

प्रकाशित: ६ चैत्र २०८०, मंगलवार ०८:४६

Leave a Reply