No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आइपीएलमा पञ्जावको विजयी सुरुवात

0

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाव किंग्सले विजयी सुरुवात गरेको छ । शनिबार डबल डेगर अन्तर्गतको पहिलो खेलमा पञ्जावले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १७५ रनको लक्ष्य पछाएको पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाएर जित निकाल्न सफल भयो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

दिल्लीका लागि साइ होपमले २५ बलमा ३३ रन बनाउँदा अभिषेक पटेलले १० बलमा ३२ रनको धुवाँधार नटआउट पारि खेले । यसैगरी डेभिड वार्नर २९ रनमा आउट हुँदा मिचेल मार्सले २० रन जोडेका थिए ।

त्यस्तै दुर्घटनामा परेको १५ महिनापछि पहिलो पटक आइपीएलमा कमब्याक गरेका दिल्लीका कप्तान ऋषभ पन्तले १३ बलमा १८ रन बनाएका थिए । अक्षर पटेलले २१ रन बनाएका थिए ।

पञ्जावका बलर हर्षल पटेल र अर्शदीप सिंहले २–२ विकेट लिए भने कागीसो रबाडा, हरप्रित ब्रार र राहुल चहरको नाउँमा एक एक विकेट रह्यो ।

१७५ रनको जवाफी लक्ष्य पछ्याउँदै पञ्जावलाई जिताउन साम कुरानले ४७ बल खेल्दै सर्वाधिक ६३ रन बनाए । अन्त्यमा लियाम लिभिङस्टोनले २१ बलमा नटआउट ३८ रनको पारि खेले ।

पञ्जावका प्रभिसिमरन सिंहले १७ बलमा २६ तथा कप्तान शिखर धवनले १६ बलमा २२ रन बनाए । दिल्लीका खलिल अहमद र कुलदीप यादवले दुई दुई विकेट लिँदा इशान्त शर्माले एक विकेट हात पारे ।

प्रकाशित: १० चैत्र २०८०, शनिबार १५:३२

Leave a Reply