No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘भगवान’ले ठगेपनि लुटेपनि हुने भयोः गगन थापा

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन खोजेको टिप्पणी गरेका छन् । यसअघि रोकिएको संवादयात्राको बिहीबार नवलपरासीबाट सुरुवात गर्दै महामन्त्री थापाले नयाँ भनिएका दलहरूले पार्टीको नेतृत्वलाई भगवानको दर्जा दिएको टिप्पणी गरेका हुन् ।

उनले रवि लामिछाने नेतृत्वको रास्वपामा पनि त्यस्तै प्रवृत्ति रहेको बताए । उनले भने, ‘हामीले पार्टीभित्र लोकतन्त्रको अभ्यास गरिरहेका छौँ। हामीलाई यो मन पनि पर्छ। अहिले आएको नयाँ पार्टीमा अध्यक्ष भनेको भगवान्, भगवानलाई प्रश्न गर्न नपाइने । अध्यक्ष भनेपछि भगवान्। भगवान् चाहिँ प्रश्नभन्दा माथि। भगवानले ठगेपनि लुटेपनि माथि हुने। त्यस्तो पार्टी पनि बनाउन मिल्छ। तर, हामीले त त्यस्तो पार्टी नबनाउने भन्यौँ। प्रश्न र छलफल गर्ने पार्टी भनेका छौँ ।’

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीका राजीनामा माग्दै सदन तताउँदै आएको छ । दोस्रो चरणको संवाद यात्रामा बिहीबार नवलपरासीका विभिन्न स्थानमा छलफल र जनगुनासो सुन्ने कार्यक्रम रहेको महामन्त्री थापाले बताएका छन् ।

प्रकाशित: १५ चैत्र २०८०, बिहीबार ०८:१४

Leave a Reply