No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेकपा एमाले कालिन्चोक गाउँपालिकाको अधिवेशन सम्पन्न, अध्यक्षमा निशान बुढाथोकी

अधिवेशनबाट बुढाथोकिको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटी गठन भएको छ ।

0

नेकपा एमाले कालिन्चोक गाउँपालिका कमिटीको दोस्रो गाउँपालिका अधिवेशन सम्पन्न भएको छ । कालिन्चोक गाउँपालिकाको सुनखानीमा आज दोस्रो पालिका अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट निशान बुढाथोकीको अध्यक्षतामा नयाँ कार्य समिती निर्वाचित भएको छ । अधिवेशनबाट बुढाथोकिको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटी गठन भएको छ । पालिका उपाध्यक्षमा गणेश शिवाकोटी, सचिवमा सुवास थामी, उपसचिवमा कृतिका खड्का शिवाकोटी र देवेन्द्र खतिवडा चयन हुनुभएको छ । हाल ४१ जनाको कमिटी गठन भएको र ४ जना मनोनित गरी ४५ सदस्यीय कमिटी गठन गरेको हो । अधिवेशनमा कालिन्चोक गाउँपालिकाको प्रत्येक वडाबाट प्रतिनिधी छनोट गरी आएको थिए । उक्त पालिका प्रतिनिधीहरु मध्येबाट पालिका कमिटीको गठन गरिएको हो ।

नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले अभिवेशनको उदघाटन गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रचना खडका, सरस्वती वस्नेत, एमाले वागमती प्रदेश कमिटी सदस्य बालकृष्ण शिवाकोट, भरत केशी, कालिका पाठक, जिल्ला कमिटी उपाध्यक्ष राजेन्द्र मानन्धर, सचिव स्वयम बहादुर खठ्का, उपसचिव कमला वस्नेत, हरी वली, लगाएत नेताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रकाशित: १५ बैशाख २०८१, शनिबार ११:०८

Leave a Reply