No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

0

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए ले जितका लागि २२३ रनको लक्ष्य पाएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो।

आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४९ रन बनाए। कप्तान निल रकले २३ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए। केड कार्माइकलले २९ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३८ रन बनाए।

स्टेफन डोहेनीले १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए। गारेथ डिलेनीले १४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३० रन बनाएका थिए। डिलेनीले अन्तिम ओभरमा मात्र ३ छक्का र १ चौका प्रहार गरेका थिए।

नेपालका लागि कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १/१ विकेट लिए।

प्रकाशित: १६ चैत्र २०८०, शुक्रबार ०९:१९

Leave a Reply