No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इन्धनको मूल्य बढेसँगै अमेरिकी मुद्रास्फीति उच्च

0

इन्धनको मूल्यवृद्धिका कारण गत महिना मुद्रास्फीतिको मापन उच्च भएको अमेरिकी केन्द्रीय बैङ्कले प्रकाशित तथ्याङ्कले देखाएको छ । तथ्याङ्कले मुद्रास्फीति अझै पनि फेडरल रिजर्भको दुई प्रतिशतको दीर्घकालीन लक्ष्यतर्फ अन्यौलपूर्ण अवस्थामा रहेको देखाएको छ ।

उच्चस्तरको मुद्रास्फीतिको अङ्कले अमेरिकी राष्ट्रपति जो बाइडनको पुनः निर्वाचन अभियान टोलीमा चिन्ता सिर्जना गरेको छ । अमेरिकी सत्ताधारी दल डेमोक्र्याटिक पार्टीले अझै पनि अर्थतन्त्रप्रति शङ्का राख्ने उपभोक्ताहरूलाई विश्वस्त पार्ने प्रयास गर्दै अर्थव्यवस्था नोभेम्बरको मतदान अघि सही दिशामा जाँदैछ भन्ने देखाउने प्रयास गरिरहेको छ ।

व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकाङ्क फेब्रुअरीमा वार्षिक २ दशमलव ५ प्रतिशतको दरले बढेको छ, जुन एक महिना अघिको तुलनामा शून्य दशमलव १ प्रतिशत बिन्दुले वृद्धि भएको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १७ चैत्र २०८०, शनिबार ०३:०८

Leave a Reply