No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘बद्री बहादुर’को गीत ‘मेरो जीवनको’

0

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को गीत ‘मेरो जीवनको’ रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको फिल्मको गीतमा प्रमुख कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ फिचर्ड छन् ।

केही समयअघि फिल्मलाई बलिउड कमेडियन कपिल शर्माले शुभकामना दिएपछि फिल्मको चर्चा चुलिएको थियो । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो ।

विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा छन् । फिल्ममा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् । फिल्मको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेत फिचर्ड छिन् । उनीहरु यही गीतमा मात्र देखिनेछन् ।

फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँ सम्पादन छ । आरआर फिल्मसले वितरण गर्ने फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो । फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल हुन् ।

प्रकाशित: २१ चैत्र २०८०, बुधबार ०४:१३

Leave a Reply