No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गम्भीर प्रश्न उठेका व्यक्तिलाई गृहमन्त्री बनाउनु सकारात्मक संकेत होइनः लेखनाथ न्यौपाने

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले सहकारी ठगीसम्बन्धी गम्भीर प्रश्न उठेका व्यक्तिलाई गृहमन्त्री बनाउनु सकारात्मक संकेत नभएको बताएका छन् । सामाजिक संजालमार्फत न्यौपानेले बहुमत पुर्याउने नाममा विवादास्पद व्यक्तिलार्ई गृहमन्त्रीको जिम्मेवारी दिनु राजनीतिक नैतिकता नभएको बताएका हुन् ।

उनले भनेका छन्,‘संघीय सरकारमा कहिले योसँग त कहिले उसँग मात्र होइन, बहुमत पुर्याउने नाममा दोहोरो राहदानी प्रयोग र सहकारी सम्बन्धी गम्भीर प्रश्न उठेका व्यक्तिलाई नै गृहमन्त्री बनाउनाले ०५२ पछि संसदीय जोडघटाउमा जुन राजनैतिक अनैतिकता प्रयोग भएको थियो, मन्त्रीको संख्या बाहेक हुबहु दोहोरियो भन्ने सन्देश निरन्तर प्रवाह भएको छ । यो अलिकति पनि सकारात्मक संकेत होइन ।’

त्यसैगरी उनले सरकार बनाउने र भत्काउने खेलले संघीयता विरोधीलाई बल पुगेको बताएका छन् । उनले भने, ‘साथै सरकार बन्ने र भत्कने, फेरि नयाँ गठबन्धनको नाममा बहुमत पुर्याउन ठेउके, झारपात र झ्यासहरुलाई समेत मन्त्री बनाउँदै प्रदेश सरकार (सात वटै) को आयु लम्ब्याउने वा बहुमत देखाउने राजनैतिक अनैतिकताको खेलले एकातिर संघीयता बिरोधीहरुलाई बल पुगेको छ भने अर्कोतिर सर्वसाधारण जनता समेत प्रदेश संरचनाको साथै संघीयता नै आवश्यक छैन भन्ने ठाउँमा बिस्तारै पुग्दै छन् । बेलैमा सोच्ने र कदम चाल्ने हो कि !’

प्रकाशित: २४ चैत्र २०८०, शनिबार ०४:४०

Leave a Reply