No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अयुमी तामाङको ‘ओइ सोल्टिनी’….

0

काठमाडौँ ।  गायक अयुमी तामाङको तामाङ सेलोको म्युजिक भिडियो ‘ओइ सोल्टिनी’ सार्वजनिक भएको छ ।

नेपाली सेनाका उपरथी डा आशबहादुर तामाङको गीत तथा सङ्गीत रहेको उक्त म्युजिक भिडियोको निर्देशन अनिश क्षेत्रीले गरेका हुन् ।

अयमी तामाङ, सिद्धार्थ सिल्वाल, अनिश क्षेत्रीलगायतको अभिनय रहेको सो म्युजिक भिडियो टयुटुव मार्फत केही समयअघि सार्वजनिक गरिएको हो ।

नेपाली लोकभाका तामाङ सेलोको संरक्षण एवं नयाँ पुस्तालाई लोकभाकाप्रति चाख जगाउनु रहेको गीतकार डा तामाङले बताए । अष्ट्रेलियामा अध्ययनरत अयमी आफनी हजुरआमा धनमाया तामाङको विँडो थाम्ने सिलसिलामा  ‘ओई सोल्टिनी’को म्युजिक भिडियोका लागि काठमाडौँ आएकी थिइन् ।

उनी अष्ट्रेलियामा आधुनिक पप गीत समेत गाउँदै आएकी छन् । अयमीका पिता आशबहादुर खासगरी लोकगीतका साथै राष्ट्रियता र प्रकृति संरक्षण सम्बन्धी गीत लेखनमा स्थापित छन् ।

प्रकाशित: २४ चैत्र २०८०, शनिबार १८:२६

Leave a Reply