No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरुभक्तलाई ‘कविडॉडा सुवर्ण–तुलसी काव्य सम्मान तथा पुरस्कार’ प्रदान

0

चितवन । वरिष्ठ साहित्यकार सरुभक्तलाई ‘कविडॉडा सुवर्ण–तुलसी काव्य सम्मान तथा पुरस्कार’ प्रदान गरिएको छ । नगद ५० हजार १ सय ६० रुपैयाँ राशी रहेको पुरस्कार नारायणगढको चितवन साहित्य परिषदको सभा हलमा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्तलाई प्रदान गरिएको हो ।

कविडाँडा साहित्य समाजले प्रदान गरिएको उक्त पुरस्कार हाल अमेरिका बस्दैआएकी प्रतिष्ठित कवि एवम् गीतकार सरला श्रेष्ठले आफ्ना माता–पिता सुवर्णजंग श्रेष्ठ तथा तुलसी देवी श्रेष्ठको नाममा स्थापना गरेकी हुन् । माता–पितालाई जिउँदा भगवान मान्ने कवि एवम् गीतकार श्रेष्ठले स्थापना गरेको यो पुरस्कार नेपाली साहित्य क्षेत्रका अतुलनीय नक्षत्र सरुभक्तलाई प्रदान गर्न पाउँदा आफूलाई अत्यन्त खुशी लागेको गीतकार श्रेष्ठले बताइन् ।

पुरस्कृत साहित्यकार सरुभक्त कथा, उपन्यास, मुक्तक गीत लेखनमा सक्रिय छन् । विस २०१२ सालमा पोखरामा जन्मेका साहित्यकार सरुभक्तले उपन्यास ‘पागल बस्ती’का लागि मदन पुरस्कारसमेत पाएका छन् । कविडॉडा सुवर्ण–तुलसी काव्य सम्मान तथा पुरस्कार’ पहिलो पटक विस २०७६ सालमा श्रवण मुकारुङ्गले पाएका थिए । त्यसयता तिर्थ श्रेष्ठ र मनु मञ्जिलले पनि यो पुरस्कार पाइसकेको छ ।

प्रकाशित: २६ चैत्र २०८०, सोमबार १६:३३

Leave a Reply