No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तोलामा १७  सय रुपैयाँले बढ्यो सुनको मूल्य

0

 

काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य मंगलबार प्रतितोला  एक हजार सात सय रुपैयाँले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा  एक हजार सात सयले उकालो लागेर  एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला  एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला  एक हजार सात सय ५० रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको छ ।

 

प्रकाशित: ४ बैशाख २०८१, मंगलवार ०६:१३

Leave a Reply