No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विल्सनको हातमा ‘ज्वाइँ साब’

0

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् । उनले अन्य ब्यानरका फिल्ममा पनि धमाधम काम गरिरहेका छन् ।

उनै विल्सनले अब नयाँ फिल्म ‘ज्वाइँ साब’मा काम गर्ने पक्का भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, फिल्ममा विल्सनको भूमिका पावरफूल छ । राजकुमार पण्डितको प्रस्तुतिमा रेड आई फिल्मस्ले ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण गर्न लागेको यो फिल्मलाई वसन्त निरौलाले निर्देशन गर्दैछन् । यो फिल्ममा जितु नेपाल, नीति शाह, हिमेश पन्त फाइनल भइसकेका छन् ।

मिनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । यो फिल्मलाई तिहारमा रिलिज गर्ने तयारी निर्माण पक्षले गरेको छ ।

प्रकाशित: ४ बैशाख २०८१, मंगलवार ०९:३३

Leave a Reply