No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

त्रिविमा मानविकी अध्ययन गर्ने विद्यार्थीले सिनास वृत्ति पाउने

0

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसअन्तर्गत मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीले शोधकार्यका लागि नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) बाट सिनास वृत्ति (छात्रवृत्ति) पाउने भएका छन् ।

विश्वविद्यालयको स्ववियु र सिनासबीच मंगलबार सम्पन्न सम्झौतामा  हरेक विभागका कम्तीमा एक जना विद्यार्थीलाई प्रतिवर्ष जनही  २५ हजार प्रदान गर्ने सहमति भएको छ । यसलाई कार्यविधि बनाएर तत्काल लागू गर्न सिनास र स्ववियुबीच सहकार्य गर्ने सहमति भएको छ ।

यसै विषयमा कीर्तिपुरस्थित सिनास भवनमा स्ववियु र सिनासबीच सम्झौता पत्र आदानप्रदान भएको थियो । त्यसमा स्ववियुको तर्फबाट सभापति श्यामराज ओझा र  सिनासका तर्फबाट कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।

मानविकी संकायप्रति आकर्षण बढाउन तथा अनुसन्धानात्मक पढाइलाई प्रोत्साहन गर्न यस्तो छात्रवृत्ति लागू गरिएको जानकारी सभापति ओझाले दिए । सिनासका कार्यकारी निर्देशक कार्कीले विगतमा ठूलाठूला अनुसन्धान परियोजना सञ्चालन गरेको र राज्यबाट  १० करोड प्राप्त गर्ने गरेकोमा सिनास अहिले अत्यन्त कमजोर अवस्थामा रहेको बताए ।

 

प्रकाशित: ४ बैशाख २०८१, मंगलवार १५:००

Leave a Reply