No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पाकिस्तानका पूर्व कप्तान मुश्ताक बङ्गलादेशको ‘नयाँ स्पिन बलिङ प्रशिक्षक’ नियुक्त

0

पाकिस्तानका पूर्व लिग स्पिनर तथा विश्वकप विजेता मुश्ताक अहमदलाई बङ्गलादेशले पुरुष राष्ट्रिय क्रिकेट टोलीको ‘स्पिन बलिङ प्रशिक्षक’ मा नियुक्त गरेको छ ।

सम्झौता अनुसार मुश्ताक जिम्बाब्वेविरुद्धको पाँच खेलको ट्वन्टी–२० ९टि–२०० अन्तर्राष्ट्रिय शृङ्खलाको तयारीअघि टोलीमा सामेल हुनसहुनेछ भने वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा हुने टी–२० विश्वकपको अन्त्यसम्म बङ्गलादेशी टोलीसँग काम गर्नेछन् ।

श्रीलङ्काका रङ्गना हेराथ गत नोभेम्बरमा जिम्मेवारीबाट पछि हटेपछि बङ्गलादेश ‘स्पिन बलिङ प्रशिक्षक’को खोजीमा थियो ।

श्रीलङ्काविरुद्धको शृङ्खलामा स्थानीय प्रशिक्षक सोहेल इस्लामले जिम्मेवारी सम्हालेका थिए । मुश्ताक सन् २००८ देखि २०१४ सम्म इङ्ग्ल्यान्ड, सन् २०१८ देखि १९ सम्म वेस्ट इन्डिज र सन् २०२० देखि २०२२ सम्म पाकिस्तानका ‘स्पिन बलिङ’ प्रशिक्षक थिए ।

उनी सन् २०१४ देखि २०१६ सम्म पाकिस्तानी टोलीको सल्लाहकार पनि थिए । सम्झौतापछि ५३ वर्षीय मुश्ताकले भने, “स्पिन बलिङ प्रशिक्षकका रुपमा बङ्गलादेश क्रिकेट टोलीको हिस्सा बन्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो ।”

“म भूमिकाको लागि उत्सुक छु र मेरो अनुभव खेलाडीहरूसँग साट्न चाहन्छु । उनीहरू धेरै प्रशिक्षित छन् र सबैभन्दा खतरनाक टोलीहरूमध्ये एक हुन् भन्ने म सँधै विश्वास गर्दछु ।”

उनले भने, “उनीहरू जोसुकैलाई पनि हराउन सक्छन् किनभने उनीहरूसँग क्षमता, स्रोत र प्रतिभा छ । म उनीहरूमा त्यो विश्वास जगाउने प्रयास गर्नेछु ।”

बङ्गलादेशले जिम्बाब्वेसँग मे ३ देखि १२ सम्म पाँच वटा टी–२० शृङ्खला खेल्नेछ भने तीन वटा शृङ्खला र टी–२० विश्वकपका लागि अमेरिका जानेछ ।

प्रकाशित: ५ बैशाख २०८१, बुधबार ०३:१७

Leave a Reply