No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

0

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई प्रहरीले बुधबार काठमाडौँबाट पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले लामालाई पक्राउ गरिएको जानकारी दिए । लागू औषध मुद्दामा उच्च अदालत पाटनबाट पाँच वर्षको कैद सजाय तोकिएयता लामा फरार थिए ।

उनलाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो । अदालतको यो फैसलापछि पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए ।

प्रकाशित: ५ बैशाख २०८१, बुधबार ०६:०६

Leave a Reply