No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्वीडेनमा लिङ्ग परिवर्तनसम्बन्धी नयाँ कानून पास

0

स्वीडेनको संसदले बुधबार नयाँ कानुन अनुमोदन गरेको छ । नयाँ कानुन अनुमोदन भएसँगै अव स्वीडेनमा लिंग परिवर्तन गर्ने उमेर पनि घटाइएको छ । यसअघि १८ वर्षको उमेरपछि मात्रै लिंग परिवर्तन गर्न पाइने व्यवस्था रहेकोमा नयाँ कानुन परिवर्तनका लागि प्रक्रिया सुरु गर्न १६ वर्ष पुग्नु पर्ने छ ।

तर, १८ वर्ष मुनिका युवाले लिङ्ग परिवर्तन प्रक्रिया सुरु गर्नुअघि परिवारका सदस्य, चिकित्सक र राष्ट्रिय स्वास्थ्य तथा कल्याण बोर्डको स्वीकृति लिनुपर्नेछ । बुधबार स्वीडेनको संसदमा यस कानूनमाथि मतदान नै भएको थियो । जसमा २ सय ३४ सांसदले कानूनको पक्षमा मतदान गरेका छन् । जसमा ९४ सांसदले विपक्षमा मतदान गर्दा २१ सांसद भने मतदान प्रक्रियामै सामेल भएनन् ।

स्विडेनी सरकारका उदारवादी नेताहरू र दलहरूले यो कानूनलाई समर्थन गरिरहेका छन् भने केही क्रिश्चियन डेमोक्र्याटहरूले यसको विरोध गरिरहेका छन् । स्वीडेनको दक्षिणपन्थी पार्टी मानिने स्वीडेन डेमोक्र्याटले पनि कानूनको विरोध गरेको छ । यो पार्टी सरकारलाई समर्थन गर्छ तर सरकारको पक्षमा छैन ।

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार ०५:३२

Leave a Reply