No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमालेको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

0

सुदूरपश्चिम । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा समर्थन गर्ने भएको छ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सोडारीलाई समर्थन गरेको पत्र पठाएको जानकारी दिएका छन् ।

सुरूमा सोडारीबाहेक एकीकृत समाजवादीका सांसदलाई मुख्यमन्त्री बनाए सघाउने एमालेको अडान लिएको थियो । तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैकल्पिक गठबन्धनकै कसरत गरेपछि एमाले सोडारीलाई समर्थन गर्न बाध्य भएको हो ।

संविधानको धारा १६८ (२) अनुसार सोडारीले आज अपराह्न ४ः३० बजे मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने एकीकृत समाजवादीका सांसद नरेश शाहीले जानकारी दिए । सोडारीलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगायतले समर्थन गरेका छन्। त्यस्तै स्वतन्त्र सांसद तारा जोशीले पनि समर्थन गरेका छन् ।

यसअघि आइतबार नागरिक उन्मुक्ति पार्टीका दुईजना सांसदको मुख्यमन्त्रीका लागि दाबी पेश भएको थियो । नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीको समर्थन रहेको थियो । त्यस्तै कैलाश चौधरीलाई माओवादी केन्द्र र एमालेको समर्थन थियो। नाउपा संसदीय दल विभाजित भएपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबी खारेज गर्दै संविधानको धारा १६८ (२) अनुसार मंगलबार पुनः सरकार गठनका लागि आह्वान गरेका थिए।

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार १०:१३

Leave a Reply