No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

0

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको छ । अल अमेराट क्रिकेट मैदानमा हुने खेलमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ, जसमा पछिल्लो खेल खेलेका प्रतिस जिसीको ठाउँमा सोमपाल कामी प्लेइङ ११ मा रहेका छन् ।

नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्द्वी मानिन्छन् । यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र युएईबीच अहिलेसम्म ९ टी–२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ ।

त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल आजै अपराहन्न ४ः १५ बजेदेखि शुरु हुने छ । यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी–२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् ।

 

प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार ०६:११

Leave a Reply