No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

0

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गरिएको छ ।

सेभेन सिजले फिल्मलाई २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य लिएको छ । मोसन पोस्टरमा एक व्यक्ति बच्चालाई काँधमा बोकेर सारङ्गी बोकेर हिँडिरहेको देख्न सकिन्छ । संवादसहितको मोसन पोस्टरमा बच्चाले बाबुलाई ‘तिमी मलाई सधैँ किन काँधमा बोकेर हिड्छौ ?’ भनी सोध्छन् । जवाफमा बाबुले ‘म भन्दा ठूलो मान्छे होलास्, मैलेभन्दा परसम्म देख्लास् भनेर’ भन्छन् ।

फिल्मले सारङ्गी बजाउँदै हिँड्ने गाइने समुदायको बाध्यता र सन्तानप्रतिको त्यागको कथा देखाउनेन निर्माण पक्षले जनाएको छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन रहनेछ ।

रमेश चौलागाई र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त शिवाकोटीको संगीत हुनेछ ।

प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार ०७:३७

Leave a Reply