No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुप्रिम सहकारी ठगी प्रकरणः दीपेश पुनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश

0

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार पुनलाई जिल्ला अदालत रुपन्देहीका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदातले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले नविन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार ०९:२५

Leave a Reply