No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

0

 

काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा भेषबहादुर थापा र विन्दाश्वेरी शाहलाई अर्पण गरिने भएको छ ।  ती दुवै पुरस्कारको राशि नगद  ७५ हजार र सम्मानपत्र रहेको छ । वसुन्धरा मान प्रज्ञा–प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको विशेष बैठकले सो निर्णय गरेको हो ।

कूटनीतिज्ञ डा थापा भारत र संयुक्त राज्य अमेरिकाका लागि पूर्वराजदूत एवं पूर्वपरराष्ट्रमन्त्री हुन् । आधुनिक नेपालको विशिष्ट कूटनीतिज्ञका रुपमा अन्तर्राष्ट्रियजगत्मा नेपालको सम्पर्क र सम्बन्ध विस्तारद्वारा मुलुकको छवि र प्रतिष्ठा अभिवृद्धि गरी विश्व समुदायमा नेपाल र नेपालीको स्थान र पहिचान उच्च र अक्षुण्ण  राख्न कूटनीतिज्ञ डा थापाको महत्वपूर्ण योगदान रहेको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, कूटनीतिज्ञ शाहले पहिलो नेपाली कूटनीतिज्ञ र पहिलो महिला राजदूतका रुपमा विशिष्ट परिचय कायम गरेकी छन् । उनले नेपाल सरकारको वरिष्ठ कूटनीतिज्ञका रुपमा अन्तर्राष्ट्रियजगत्मा नेपालको सम्पर्क र सम्बन्ध विस्तारद्वारा मुलुकको छवि र प्रतिष्ठा अभिवृद्धि गरी विश्व समुदायमा नेपाल र नेपालीको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न महत्वपूर्ण योगदान पुर्याएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार १४:४०

Leave a Reply