No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

0

 

मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा  १० जनाको मृत्यु भएको छ ।

फ्लाईपास्ट रिहर्सलका क्रममा हेलिकप्टरहरू लुमुट रोयल मलेसियन नेवी बेसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको रोयल मलेसियन नेवीले विज्ञप्तिमा उल्लेख गरेको छ । दुर्घटनाग्रस्त एउटा हेलिकप्टरमा सात अर्कोमा तीन जना सवार थिए ।

‘सबैको घटनास्थलमै मृत्यु भएको र पहिचानका लागि शवलाई लुमुट आधार अस्पतालमा लगिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘पीडितहरूको भिडियो र फोटोहरू नफैल्याउन आग्रह गरिएको छ ।’

प्रकाशित: ११ बैशाख २०८१, मंगलवार ०८:१७

Leave a Reply