No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पर्सागढी नगरपालिका ६ का वडाध्यक्ष नवलकिशोरले सेवाग्राहीलाई हैरानी दिएको आरोप

0

वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नवलकिशोर प्रसादले सिफारिस नगरेको स्थानीयले आरोप लगाएका छन् ।

वडा सदस्य प्रभु प्रसाद यादवसहितको समूहले  वीरगंजमा पत्रकार सम्मेलन गरी आफुहरुको विभिन्न किसिमको सिफारिस लगायतको काम वडाध्यक्ष कलवारले नगरेको आरोप लगाएको हो । पत्रकार सम्मेलनमा स्थानीय राधेश्यामप्रसाद यादवले आफ्नो हक दाबी सम्बन्धि सिफारिस वडाध्यक्ष कलवार नगरेको बताए ।

त्यसैगरी अर्का स्थानीय बलीराम प्रसाद यादवले आफ्नो नाता प्रमाणित वडाध्यक्ष कलवारले नगरेको वताए । उनले नाता प्रमाणितको लागि धेरै पटक वडाध्यक्षसँग सम्पर्क गर्दा पनि नगरेको गुनासो गरे ।

त्यसैगरी अर्का स्थानीय जगदीश गिरीले आफ्नो उखु अनुदानको लागि आवश्यक पर्ने सिफारिस वडाध्यक्ष कलवारले नगरिदिएको बताए । उनले पनि सिफारिसको लागि कति पटक वडाध्यक्षसंग सम्पर्क गर्दा पनि नगरेको आरोप लगाए ।
त्यस्तै स्थानीय हिरालाल हजराले आफ्नो आम्दनीको प्रमाणित वडाध्यक्ष नगरेको बताए । उनले बैंकबाट ऋण लिनेको लागि आवश्यक पर्ने आम्दानी प्रमाणित वडाध्यक्ष नगरेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा वडा सदस्य प्रभु यादवले वडा कार्यालयबाट प्रदान हुने सेवा प्रभावमा वडाध्यक्ष कलवारले विभेद गर्दै आएको बताए । उनले आफ्नो मान्छे वाहेकलाई सिफारिस लगायतको कामको लागि दुःख दिदै आएको आरोप लगाए । तर वडाध्यक्ष कलवारले भने, ‘दुई/चार जनाले आरोप लगाएको केही अर्थ छैन ।’

प्रकाशित: १३ बैशाख २०८१, बिहीबार ०२:२६

Leave a Reply