No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अनि तिनले जितेर पो गर्ने के होला र ?

0

नारायण गाउँले ।
अहिले जित्ने उम्मेदवारले जितेको भोलिपल्ट कोशी प्रदेशको नाम फेर्ने जस्तो प्रचार गरेर चुनाव लडिँदै छ । कोशीको नाम राख्ने या फेर्ने अधिकार प्रदेशसभाको हो, सङ्घको होइन र यो चुनाव प्रदेशको होइन । पहिचान मात्रै मुद्दा बनाएर लड्ने हो भने त प्रदेशसभामा पो लड्ने हो । त्यहाँ बहुमत जुटाउने हो । नाम फेर्ने हो । संविधानले त्यो अधिकार दिएकै छ । थप लड्न पर्ने छैन ।

कोही पहिचान मात्रै भन्छन् । कोही विकासको मूल फुटाउने भाषण गर्छन् । जबकि विकासका लागि स्थानीय सरकार छन्, प्रदेश सरकार छ, सङ्घीय सरकार छ । अहिले जित्ने सांसदको काम सङ्घीय कानुन बनाउने पो हो ।

कुनै उम्मेदवारले यस्ता यस्ता कानुन बन्न बाँकी छन्, यी यी कानुनमा सुधार आवश्यक छ र यस्ता कानुन अव्यावहारिक र अन्तर्राष्ट्रिय मान्यताविरोधी छन् भनेर बोलेको सुनिन्न । संसदीय समितिहरूमा यस्तो कमजोरी छ, सङ्घीय सरकार र राज्यका अङ्गहरूलाई यसरी प्रभावकारी बनाउन सकिन्छ, उत्तरदायित्व र सुशासनमा यसरी भूमिका खेल्न सकिन्छ र एउटा संसदलाई प्रभावकारी बनाउन यति यति काम गर्न आवश्यक छ भनेको पनि सुनिन्न । दलहरू पनि खाली विकास र पहिचानको कुरो गर्छन् । जनतालाई पनि किन चुनाव हुँदै छ र के कामका लागि प्रतिनिधि छान्न लागिएको हो भन्ने शायद थाहा छैन । हाम्रो दुर्भाग्य के छ भने वडासदस्यको घोषणापत्रदेखि सङ्घीय सांसदसम्मको वकपत्रसम्म उस्तै भाषा, उस्तै नारा र उस्तै हावा हुन्छ ! अनि तिनले जितेर पो गर्ने के होला र ?

प्रकाशित: १३ बैशाख २०८१, बिहीबार ०३:३६

Leave a Reply