No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकाले युक्रेनलाई पठायो लामो दूरीमा प्रहार गर्ने क्षेप्यास्त्र

0

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक क्षेप्यास्त्र युक्रेनले प्रयोग गरिरहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् ।

मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनका लागि ३० करोड अमेरिकी डलर बराबरको सहायता घोषणा गरेका थिए । त्यही सहायता प्याकेजअन्तर्गत अमेरिकाले उपलब्ध गराएका अस्त्रहरू यो महिना युक्रेन पुगेका हुन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार रुसद्वारा अतिक्रमित क्राइमियामा रुसी सेनालाई निसाना बनाउन युक्रेनले कम्तीमा एक पटक बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरिसकेको छ ।

अमेरिकी राष्ट्रपति बाइडनले युक्रेनका लागि थप ६१ अर्बको सहायता प्याकेजमा हालै हस्ताक्षर गरेका छन् । अमेरिकाले यसअघि युक्रेनलाई मध्यम दूरीमा प्रहार गर्न सक्ने ‘एटीएसीमीएस’ क्षेप्यास्त्र प्रणाली उपलब्ध गराएको थियो ।

लामो दूरीमा मार हान्न सक्ने क्षमता भएका अस्त्र युक्रेनलाई दिन अमेरिकी सेना अनिच्छुक थियो। यद्यपि बाइडनले ती क्षेप्यास्त्र युक्रेनलाई उपलब्ध गराउन गोप्य रूपमा भनेको बताइएको छ । अमेरिकी बलिस्टिक क्षेप्यास्त्रले ३०० किलोमिटर टाढाको दूरीसम्म प्रहार गर्न सक्ने बताइएको छ ।

प्रकाशित: १३ बैशाख २०८१, बिहीबार ०५:४८

Leave a Reply