No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यदि प्रचण्ड सरकारलाई समर्थन यथावत राख्नुथियो भने किन विभाजित भयो त जसपा ?

0

काठमाडौँ । विभाजित दुबै जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने भएका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको छ ।

पार्टी कार्यालय बालकुमारी मंगलबार बसेको जसपा नेपालका नेताहरुको बैठकले पार्टीले गठबन्धन छाड्न लागेको भन्ने हल्लामात्रै भएको भन्दै अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको हो ।

बैठकपछि पार्टी प्रवक्ता मनिष सुमनले मिलेर चल्नुपर्ने मतादेश अनुसार नै जसपा नेपाल सरकारमा सहभागी भएको भन्दै अहिलेको गठबन्धनलाई आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको र विकल्पको बारेमा नसोचेको बताए ।

उनले पार्टी महाधिवेशनमा पराजित हुने डरले अहिले नै पार्टी फुटाएको सुमनले बताए । सुमनले केही व्यक्तिहरुले पार्टी छाडेपनि त्यसले पार्टीलाई धेरै असर नपर्ने दावी गरेका छन् । प्रवक्ता सुमनले आफुहरुकै नेताले घरमा आगो लगाएर पार्टी छाडेको भन्दै यसको कसैलाई दोष नदिने बताए । यद्दपी पार्टी विभाजनमा ठूलै शक्तिको हात रहेको उनको भनाइ छ ।उनले महाधिवेशनलाई समयमा नै आयोजना गर्नका लागि आवश्यक तयारीलाई तीव्रता दिने बताए ।

उता अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । सोमबार निर्वाचन आयोगले आधिकारिकता दिए लगत्तै बसेको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारकै समर्थनमा उभिने निर्णय गरेको हो ।

जसपाका महासचिव मोहम्मद इस्तियाक राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जसपाको केन्द्रीय अध्यक्ष अशोक राईको अध्यक्षतामा बसेको संसदीय दलको बैठकको निर्णय अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय भएको ब्यहोरा जानकारीको लागि अनुरोध गर्दछु।’ उपेन्द्र नेतृत्वको जसपा नेपालबाट विभाजित जसपामा ७ सांसद छन् ।

प्रकाशित: २५ बैशाख २०८१, मंगलवार १२:०६

Leave a Reply