No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गठबन्धन सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

0

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले सरकारका पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको हो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरुलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।

बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसदमा प्रभावकारी भुमिका खेल्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ । बैठकमा नेताहरुले पार्टी भित्रको एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएका थिए ।

प्रकाशित: २५ बैशाख २०८१, मंगलवार १४:४८

Leave a Reply