No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

निर्वाचन सारे लोकतन्त्र दुर्घटनामाः प्रमुख आयुक्त थपलिया

0

जनकपुर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन सारिएको खण्डमा लोकतन्त्र दुर्घटनामा पर्ने बताएका छन् । शनिबार जनकपुरमा आयोजना गरिएको अन्तरकियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले लोकतन्त्रको प्राण वायु निर्वाचन रहेकाले सबैले स्वच्छ रुपमा सम्पन्न गराउन सहयोग गर्नुपर्ने बताएका हुन् ।

उनले भने, “निर्वाचन हुन्छ वा हुदैन भन्ने संसय उत्पन्न हुने खालको अभिव्यक्ति कतैबाट आउनु भएन। यसप्रति निर्वाचन आयोग गम्भीर रहेको छ ।” निर्वाचनको मिति घोषणा गर्नुअघि सबै प्रकारले छलफल भएको उल्लेख गर्दै थपलियाले तयारी चलिरहेको अवस्थामा कुनै पनि हालतमा निर्वाचन नसारिने बताए।

उनले यस्तो खालको अभिव्यक्तिले निर्वाचन कार्यक्रम नै प्रभावित हुने बताए । अब कसैले चाहेर पनि निर्वाचनको मिति सार्न नसकिने उनले बताए। उनले भने,“क्षेप्यास्त्र प्रक्षेपण भएपछि त्यसलाई तलमाथि गर्ने प्रयास गरियो भने दुर्घटना अवश्य नै हुन्छ, त्यसैले निर्वाचन निर्धारित मितिमै हुन्छ ।”

उनले यसै वर्षभित्र प्रदेश, प्रतिनिधि सभा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी आयोगले गरिरहेको जानकारी दिए। यो वर्ष मुलुकका लागि निर्वाचन वर्ष भएकाले सम्पूर्ण पक्षलाई सक्रिय सहभागिताका साथै सहयोगका लागि आग्रह गरे।

 

प्रकाशित: ३ बैशाख २०७९, शनिबार ०६:०३

Leave a Reply