No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौंको मेयर बन्न केशव स्थापितद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा

0

काठमाडौं । नेकपा एमालेका नेता केशव स्थापितले वाग्मती प्रदेशसभा सांसद पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले आइतबार राजीनामा दिएका हुन् ।

एमालेले स्थापितलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ। निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार हुन जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि स्थापितले राजीनामा दिएका हुन्।

हेटौंडाबाट काठमाडौं फर्किएपछि उनले राष्ट्रिय सभागृहमा गएर मनोनयन दर्ता गराउनेछन् । एमालेको शनिकार बसेको सचिवालय बैठकले काठमाडौंको मेयरमा स्थापितलाई अघि सारेको छ । उपमेयरमा पूर्व मिस नेवाः सुनिता डंगोललाई एमालेले अघि सारेको छ। ।

प्रकाशित: ११ बैशाख २०७९, आईतवार ०६:४५

Leave a Reply