No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘यी त्यस्ता प्रवृत्ति हुन्, जसले स्थानीय चुनावमा धाँधली भयो भनेर आज फेरि संसद अवरूद्ध गर्नेछन्’

0

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेकपा एमालेको दम्भ र अहंकार अझै केही समय जारी रहने बताएकी छन् ।

मंगलबार सामाजिक संजालमार्फत झाँक्रीले स्थानीय चुनावमा धाँधली भयो भनेर आज फेरि एमालेले संसद अवरुद्ध गर्ने बताइन् ।

उनले भनेकी छन्, ‘यी त्यस्ता प्रवृत्ति हुन्ः जसले स्थानीय चुनावमा धाँधली भयो भनेर आज फेरि संसद अवरूद्ध सुरू गर्ने छन् । मेरा के कमजोरी थिए र जनताले भोट हालेनन् ? हामीविरूद्ध कसरी मोर्चाबन्दी भयो ? एकता गरेको पार्टी किन चार टुक्रा भयो ? भन्ने समीक्षा गर्ने छैनन् । दम्भ र अहंकार अझै केही समय जारी रहनेछ ।’

प्रकाशित: ३ जेष्ठ २०७९, मंगलवार ०८:४९

Leave a Reply