No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुपन्देहीमा ‘साई ग्लोबल कप–२०७९ टी–२०’ क्रिकेट सुरु

0

बुटवल । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा बुधबारदेखि ‘साई ग्लोबल कप–२०७९ टी–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशाला सुरु भएको प्रतियोगितामा २० वटा कलेजमा अध्ययन गर्ने क्रिकेट खेलाडीको संस्थागत सहभागिता छ ।

रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले अन्तरकलेज क्रिकेट प्रतियोगिता गरेर राष्ट्रिय तहमा खेल्ने खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताए ।

विगतमा राष्ट्रिय टोलीमा वर्चस्व राख्ने जिल्लाका खेलाडी अहिले घट्दै आएकाले विभिन्न क्रिकेट प्रतियोगितालाई सङ्घले निरन्तरता दिँदै आएको उनको भनाई थियो ।

नयाँनयाँ खेलाडीको खोजी र क्रिकेट खेलको विकासका लागि उक्त सङ्घले खुल्ला र संस्थागत खेलहरु आयोजना गर्दै आएको छ ।

यही पुस ६ देखि १६ गतेसम्म आयोजना भएको उक्त प्रतियोगितामा बिजेताले ४० हजार र ट्रफी तथा उपबिजेताले २० हजार ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले  पाँच हजार, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही दुई हजार पाँच सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार पुरस्कार पाउने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए । प्रतियोगितामा अनुशासित एक टोलीलाई समेत पुरस्कृत गरिने भएको छ ।

प्रकाशित: ६ पुष २०७९, बुधबार १०:१३

Leave a Reply