No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीले पुस २६ गते संसदमा विश्वासको मत लिने

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । उनले पुस २६ गते विश्वासको मत लिने जानकारी संसद सचिवालयले दिएका छन् ।

संसद सचिवालयलाई पठाइएको पत्रमा भनिएको छ, ’नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम संवत् २०७९ साल पुस १० गते म प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय सम्वत् २०७९ साल पुस २६ गतेको प्रतिनिधिसभाको वैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र जनता समाजवादी पार्टीका १२ सहित १६६ सांसदले समर्थन गरेका छन् । त्यसैगरी स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र डा. अमरेश सिंहले पनि समर्थन जनाएका थिए ।

प्रकाशित: १८ पुष २०७९, सोमबार ०८:४२

Leave a Reply