No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेटोले भन्यो-बेलारुसमा आणविक हतियार तैनाथ गर्ने रुसको घोषणा खतरनाक

0

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) गठबन्धनले बेलारूसमा रणनीतिक आणविक हतियार तैनाथ गर्ने रूसको घोषणालाई ‘खतरनाक र गैरजिम्मेवार’ भन्दै यसको निन्दा गरेको छ ।

नेटोका प्रवक्ता ओना लुङ्गेस्कुले रुसको आणविक बयानबाजी खतरनाक र गैरजिम्मेवार भएकोले यसलाई नजिकबाट नियालिरहेको बताएका हुन् । उनले पश्चिमा मित्रराष्ट्रहरूले रूसको आणविक सोचमा कुनै परिवर्तन नदेखेको बताए ।

युक्रेनले छिमेकी बेलारूसमा सामरिक हतियार तैनाथ गर्ने मस्कोको योजनाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको छ । रूसले गत वर्ष युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको थियो ।

उसका केही सैनिकले आफ्नो सहयोगी बेलारूस हुँदै सीमा पार गरेका थिए र किएभले यो कदमलाई ‘आणविक ब्ल्याकमेलिङ’ का रूपमा हेरेको छ ।

प्रकाशित: १३ चैत्र २०७९, सोमबार ०२:२७

Leave a Reply