+

लेक लागेर सिंहको मृत्यु

१७ जेष्ठ २०८३, आईतवार २०:०१

काँक्रेविहार (सुर्खेत) । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा पुगेका जाजरकोट नलगाड नगरपालिका–११ निवासी ४३ वर्षीय लोकबहादुर सिंहको मृत्यु भएको छ।

डोल्पो बुद्ध गाउँपालिका–३ धो–टास्कीको तीनजङ्खोला पाटनमा यार्सागुम्बा सङ्कलनका लागि पुगेका सिंह बिरामी भएपछि उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा काइके गाउँपालिका–७ को लैनीमा आज मृत्यु भएको प्रहरीले जनाएको छ।

बिरामी भएर जेठ १२ गते धोबाट दुनैतर्फ आउँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरले जानकारी दिए।