No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सांसद रमेशकुमार कुर्मीद्वारा होली मिलन कार्यक्रम आयोजना

0

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालद्वारा होली मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ । पर्सा जिल्ला प्रदेश नम्बर २ ( ख) का प्रदेश सभा सदस्य रमेश कुमार कुर्मीको निजी निवास सिर्सिया वडा नम्बर २५ मा भएको होली मिलन कार्यक्रमका प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मीले होलीको विशेषताबारे प्रकाश पार्दै भने,‘जसले अरुलाई बिगार गर्न खोच्छ , ऊ आफैं समाप्त हुन्छ ।त्यसैले होली आपसी सद्भाव तथा भाइचाराको सन्देश दिने पर्व भएकोले आजदिन पुराना रिस, राग र गल्तीहरुलाई बिर्सेर अगाडि बढ्ने दिन भएकोले जसरी रंग जस्तो जीवन रङ्गिन हुन्छ त्यसैगरी सबैको जीवन रङ्गिन होस्।’

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष पुरुषोतम झा, शशीकपुर मियाँ, केन्द्रीय सदस्य एवं महिला नेतृ मुन्नि श्रीवास्तव , रम्भा मिश्रा , नेजामुदिन समानी , पत्रकार महासघ पर्साका अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रम सन्चालन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वीरगंज महानगर अध्यक्ष ओमप्रकाश सरार्फले गरेका थिए ।

प्रकाशित: २ चैत्र २०७८, बुधबार १२:२६

Leave a Reply