No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कक्षाकोठा विद्यालयलाई हस्तान्तरण

0

वीरगंज । वीरगंज युथ राउन्ड टेबल १३ र वीरगंज फेन्ड राउन्ड टेबल ८ को सयुक्त आयोजनामा निर्माण भएको विद्यालयका ४ वटा कक्षा कोठा हस्तान्तरण गरेको छ । वीरगंजको छपकैया वडा नमबर ३ मा रहेको ताराचन्द किसन लाल आधारभुत विद्यालयलाई हस्तान्तरण गरेको छ ।

विद्यालयको भवन एक कार्यक्रमको आयोजना गरि राउन्ड टेबल नेपालका केन्द्रीय अध्यक्ष आनन्द बहेटीले नवनिर्मित सुविधा सम्पन्न ४ वटा कक्षा कोठा विद्यालयका अध्यक्ष ताज महमदलाई हस्तान्तरण गरेका हुन् ।

वीरगंज युथ राउन्ड टेबल १३ का पर्सा अध्यक्ष चिराग पठवारी र वीरगंज फेन्डस राउन्ड टेबल ८ पर्सा का दिपल खन्नको सयुक्त अध्यक्षतामा भएको कार्यक्रममा विगत तीन महिना पहिला विद्यालयमा २६ लाख बरावरको भौतिक पुर्वाधार निर्माण गर्ने आफूहरुको आयोजना अन्तरगत आइतबार करिब १६ लाख बरावरको लागतमा ४ वटा कक्षा कोठा र सोको लागि कुर्सी, टेबल , कालोपाटी , आदि सहित निर्माण गरि हस्तान्तरण गरिएको र अब शौचालय निर्माण बाँकी रहेको हुनाले सो कार्यपनि चाँडै सकाइ विद्यालयलाई जिम्मा लगाउने आफूहरुको योजना रहेको ज्योति रुगटाले बताए ।

प्रकाशित: ६ चैत्र २०७८, आईतवार १५:३५

Leave a Reply