No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तिनाउ गापा – ३ मा माओवादीबाट कमल श्रेष्ठ उम्मेद्धवार बन्दै

भ्रष्टाचार विरोधी क्रियाकलापमा संलग्न तथा बिभिन्न सामाजिक सेवाका काममा सक्रिय कमल श्रेष्ठ पार्टीभित्र पनि सर्वसम्मत हुन सक्ने, नेतृत्वले रुचाएका तथा जनतामा लोकप्रिय दाबेदार रहेको पाईएको छ ।

0

नेकपा माओवादी केन्द्र पाल्पाले तिनाउ गाउँपालिका वडा नम्वर ३ मा स्थानीय युवा नेता कमल श्रेष्ठलाई उम्मेद्धवार बनाउने प्रवल सम्भावना रहेको जनाएको छ । भ्रष्टाचार विरोधी क्रियाकलापमा संलग्न तथा बिभिन्न सामाजिक सेवाका काममा सक्रिय कमल श्रेष्ठ पार्टीभित्र पनि सर्वसम्मत हुन सक्ने, नेतृत्वले रुचाएका तथा जनतामा लोकप्रिय दाबेदार रहेको पाईएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै जादा नेकपा माओवादी केन्द्रको पाल्पाका बिभिन्न गाउँपालिकाहरुमा पनि उम्मेद्धवारका आकाँक्षीहरु बढेका छन । मुलतः पाल्पाको तिनाउ गाउँपालिकामा अहिले अध्यक्षमा राजेश श्रेष्ठ सर्वसम्मत भएपछि बिभन्नि वडाहरुमा क कसलाई उम्मेद्धवार बनाउने भन्ने विषयले माओवादी केन्द्रको स्थानीय नेतृत्वलाई निकै चुनौति थपेको छ ।
खासगरी तिनाउ गाउँपालिकाको वडा नम्वर ३ मा कमल श्रेष्ठ मुख्य आकाँक्षीका रुपमा देखा परेका छन । स्थानीय जनतासंग निकै घुलमिल गरेका र पार्टीपंत्तिभित्र लोकप्रिय रहेका कमल श्रेष्ठ वडा नम्वर ३ मा माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षका मुख्य दाबेदार देखिएका छन । यस्तै, बिक्रम राना, नारायण थापा, टंकनाथ बस्याल पनि आकाँक्षीरहेका छन ।

प्रकाशित: २४ चैत्र २०७८, बिहीबार ०८:३०

Leave a Reply