No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

न्यायालयदेखि राज्यका सबै अङ्गहरूमा मालिकको आदेश पालना गर्ने दासहरूको बिगबिगी छ

0

डा. भीमार्जुन आचार्य ।
सिङ्गो दल र सबै नेता–कार्यकर्ता दोषी छैनन् । हरेक दल, समूह, संगठन, समाज र परिवारमा आज पनि असल मानिसहरू छन् । तर, फेरि पनि हामीमाथि वर्षौंदेखि खराब, दुष्ट, भ्रष्ट, असक्षम, र देशद्रोहीहरूले शासन र रजाइँ गर्दे आइरहेका छन् । खराब व्यक्तिको छनौटका कारण आज राज्यका सबैजसो निकाय निकम्मा सिद्ध भएका छन् ।

के न्यायालय, के सुरक्षा निकाय, के संवैधानिक निकाय, के कुटनीतिक निकाय कहीँकतै पनि सक्षम र दल असंलग्न व्यक्तिले राज्यको कुनै पनि अवसर, मान पदवी पाउन सक्ने अवस्था छैन । न्यायालयदेखि राज्यका सबै अङ्गहरूमा मालिकको आदेश पालना गर्ने दासहरूको बिगबिगी छ । यसको अन्त्य आजको पहिलो आवश्यकता हो। आसन्न निर्वाचनमा यस्तो प्रवृत्तिलाई जन्माउँदै र सरक्षण गर्दे आएका दल र नेतालाई छानीछानी परास्त गरौं यो देशलाई दासहरू को होइन सच्चा नागरिकहरूको देश बनाऔं ।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार ०८:०२

Leave a Reply