No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बलात्कारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा महिलाहरुको प्रदर्शन(फोटोफिचर)

0

काठमाडौं । आठ वर्षअघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ । ‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धि घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर लेखिएको प्ले कार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

एक युवतीले आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका क्रममा आफूलाई आयोजकले बोलाएर बलात्कार गरेको घटना सामाजिक सञ्जाल टिकटकमार्फत् सार्वजनिक गरेकी थिइन् । त्यसको विरोधमा शुक्रबार पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको थियो ।

प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार ०८:१३

Leave a Reply