No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बेलायतले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउने

0

बृटिश रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन् । बेलायती रक्षामन्त्री बेन वालेसले विभिन्न विदेशी सञ्चारमाध्यमहरुलाई युक्रेनलाई थप हतियार उपलब्ध गराउने बताएका हुन् । हाल बेलायतको भ्रमणमा रहेका युक्रेनका रक्षामन्त्रीसँगको भेटपछि बृटिश रक्षामन्त्री वालेसले यस्तो बताएका हुन् ।

उनीहरुबीचको भेटमा हालैका दिनहरुमा युक्रेनको अवस्थाको बारेमा युक्रेनी रक्षामन्त्रीले जानकारी गराएका थिए । अहिले पनि युक्रेनलाई बेलायतले सैन्य सहयोग दिइरहेको र यसलाई आगामी दिनमा थप गरिने बृटिश रक्षामन्त्री वालेसले जानकारी दिए ।

युक्रेनका रक्षामन्त्री ओलेक्सी रेनिकोभले रुससँग संघर्ष गर्नका लागि थप शक्तिशाली हतियार आवश्यक रहेको बताएका थिए । गत महिना मात्र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका थिए । त्यस भ्रमणका क्रममा बृटिश प्रधानमन्त्री जोनसनले बेलायतले युक्रेनका लागि १.६ बिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार ०९:१२

Leave a Reply