No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसपीपी सम्झौतामा हस्ताक्षर हुनसक्छः पूर्वसभामुख महरा

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने आशंका व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रमममा महराले प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरुले एसपीपी राष्ट्रहित विपरित भनेपछि तत्कालका लागि सम्झौता रोकिएपनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका गरे ।

उनले भित्रभित्रै सम्झौता गर्ने र ४/५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा कुरा बाहिरिन सक्ने बताए । उनले यो सम्झौताका लागि  एमसीसीले ढोका खोलेको र एमसीसीसँग जोडिएको आईपीएसको अर्को रुपमा एसपीपीले नेपालमा स्थान पाएको उल्लेख गरे । महराले साम्राज्यवादको नियन्त्रणमा देश जानसक्नेतर्फ पनि आशंका उब्जिएको बताए ।

उनले भने, ‘एसपीपीको सन्दर्भमा केही समय त टरिसक्यो । सरकारले बोल्यो हामी गर्दैनौँ । प्रतिपक्षले बोल्यो यो राष्ट्रहितको बिरुद्ध छ । सबै पार्टीहरुले बोले केही संसदमा भएका र संसद बाहिर रहेका पार्टीहरुले पनि भने । एसपीपी नेपालको राष्ट्रिय स्वाधिनताको विपरित छ भन्ने कुरा भएपछि यो तत्काल सम्झौता रोकियो । तर मलाई शंका छ । कतै नेपाली शासकहरु झुक्ने त होइनन् । फेरि झुकेर भित्रभित्र सम्झौता गर्ने होइनन् ? यही कुरा ४/५ महिनापछि अब सेलाएपछि सिद्धियो सिद्धियो भन्ने बेलामा गर्ने त होइनन् भन्ने शंका छ । तर त्यो आशंका मेटियोस् । अहिले सबै पार्टी एसपीपीको बिरुद्धमा छन् । एमसीसीले ढोका खोल्यो, त्योसँग अभिन्न रुपले अंग जोडिएको आईपीएसको अर्को रुपमा देखिएको एसपीपी यहाँ आयो । नेपालको राज्यमा सत्तासीन रहेका केही शासकहरुले यसलाई सम्झौता गर्नको निमित्त बोलाए । तर यतिबेला छताछुल्ल भयो ।’

उनले देशको राज्यसत्ता साम्राज्यवादको नियन्त्रणमा जानसक्ने भएकाले सबै नागरिकहरु तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलनमा होमिनुपर्ने बताए ।

प्रकाशित: ६ असार २०७९, सोमबार ११:१६

Leave a Reply